माघ १४ गते हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने पक्का

बाइलाइन नेपाल
१२ माघ २०७६, आईतवार १७:२७

हेटौंडा । यही माघ १४ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने पक्का भएको छ । स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावरण गर्न भण्डारी आउन लागेकी हुन् ।

स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।

उक्त प्रतिमा अनावरण गर्न राष्ट्रपति भण्डारी आउने पक्का भएको सहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । सहिद सप्ताहको सातौं कार्यक्रम अन्र्तगत प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति भण्डारीले गर्ने उनले बताए ।

गतवर्ष राष्ट्रपति भण्डारीले स्मारकमा निर्माण गरिएको सहिद स्तम्भको अनावारण गरेकी थिइन् । स्मारकमा यसअघि नै जननेता मदन भण्डारीको प्रतिमा निर्माण भइसकेको छ । राष्ट्रपति भण्डारी आउने भएपछि सबै तयारी सुरु गरिएको छ । राष्ट्रपति आउने कार्यतालिका अनुसार सुरक्षा निकायले सुरक्षाको प्रवन्धको तयारीमा लागेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*