समितिको सातौ बार्षिक साधारणसभा सम्पन्न
हेटौंडा । पिप्ले कुना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सातौ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । हेटौंडा नगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष दिलबहादुर अधिकारिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, सचिब गोमा शर्माले प्रस्तुत गरेका थिए ।
प्रगति प्रतिवेदन, कोषाध्यक्ष मेहरमान बोगटीले प्रस्तुत गरेको ३ लाख ५७ हजार बराबरको आर्थिक प्रतिबेदन पारित गरेको थियो । नेकपा वडा कमिटि हेटौंडा ५ का अध्यक्ष देविप्रसाद गौतमको विशिष्ट आतिथ्यता रहेको साधारणसभाको अध्यक्षता उपभोक्ता समुहको अध्यक्ष दिलबहादुर अधिकारीको अध्यक्षतामा भएको थियो ।

बाइलाइन नेपाल











