झरना साहित्यिक परिवारमा पुनः दीपक गौतमको नेतृत्व
हेटौंडा । मकवानपुरको छतिवनमा स्थापना भएर जिल्लाभर भाषा साहित्यको क्षेत्रमा क्रियाशिल झरना साहित्यिक परिवारको तेस्रो अधिबेशन भएको छ । बकैया गाउँपालिकाको छतिवनमा शुक्रबार भएको अधिवेशनले पुनः दीपक गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले झरनाको उपाध्यक्षमा बिश्वनाथ सञ्जेल र चिरञ्जीवी लामिछाने, सचिवमा मसान उपासक,सहसचिवमा गायत्री रुपाखेती तथा कोषाध्यक्षमा कृष्ण घतानीलाई निर्बिरोध चयन गरेको छ।
यसैगरी देवराज लामिछाने ,अमृता लामिछाने ,मञ्जु दाहाल, शुभलक्ष्मी प्रभालाई सदस्य चयन गरिएको छ। अधिबेशनले संस्थाको कोषाध्यक्ष गायत्री रुपाखेतीको आर्थिक प्रतिबेदन तथा सचिब चिरञ्जीवी लामिछानेको प्रगति प्रतिवेदन सर्बसम्मतिले पास गरेको छ।
यसैगरी संस्थालाई सञ्चारमाध्यमको क्षेत्रबाट सहयोग गरेको भन्दै अनलाइनतर्फ बाइलाइन नेपाल डटकम, एफएमतर्फ हेटौँडा एफएम र छापातर्फ समृद्ध समाजलाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, रमेशमोहोन अधिकारी, उद्धव सापकोटा, बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाल, जनार्दन खनाल, आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपाने, प्रलेस मकवानपुर अध्यक्ष शान्तिप्रिय बान्दना, सुवास खनाललगायतको उपस्थिति रहेको थियो ।

बाइलाइन नेपाल











