अझै मौसममा सुधार आएन,यस्तो छ तीन दिनको मौसमको अवस्था

बाइलाइन नेपाल
१० माघ २०७६, शुक्रबार ०८:३६

जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली सक्रिय नभएको जनाएको छ ।

शुक्रबार बिहान तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज विहान पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको र अन्य स्थानमा सामान्य रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतबार)

दिउँसो : देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

रातिः देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*