आज सार्वजनिक बिदा
हेटौंडा । आज बाग्मती प्रदेशमा सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड सोनाम ल्होछारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको हो।
ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिए ।
उपत्यकामा रहेका प्रदेश अन्र्तगतका कार्यालय बिदा भएपनि संघीय सरकार अन्र्तगत रहेका कार्यालयमा भने बिदा नहुने जनाइएको छ ।

बाइलाइन नेपाल











