सुदृढीकरण अभियानमा अनिवार्य सहभागी हुन राप्रपा मकवानपुरको कार्यकर्तालाई उर्दी
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति मकवानपुरको आज हेटौंडामा बसेको पदाधिकारी बैठकले जिल्लामा संचालित संगठन सुदृढीकरण अभियानको समिक्षा गरेको छ । बैठकले अभियानमा अनिवार्य उपस्थिति हुन नेता तथा कार्यकार्तालाई आग्रह गरेको छ ।
जिल्ला अध्यक्ष मधु अधिकारिको अध्यक्षतामा बसेको बैठकले सक्रिय सदस्यता अभियान, जिल्ला अधिबेशन, संगठन सुदृढीकरण अभियान, जनबर्गिय संगठन गठनरपुनर्गठन लगायतका बिषयमा छलफल गरि निर्णय गरिएको राप्रपा हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा हालसम्म भएको गाउँ तह भ्रमणको प्रगती पनि प्रस्तुत गरिएको थियो ।
बैठकले जिल्ला कार्य समितिको कामलाई प्रभाबकारी र चुस्त बनाउनको निमित्त एघार सदस्यीय सचिवालय समेत गठन गर्ने निर्णय गरेको छ । जिल्ला अध्यक्ष मधु अधिकारीको संयोजकत्वमा गठित समितिमा सहसंयोजक रामहरि न्यौपाने, सदस्यहरुमा शिबराम थापा, खिलप्रसाद चौलागाईं ,गोपि न्यौपाने, गुन्जनबहादुर न्यौपाने, ध्रुव सन्जेल, गुरुप्रसाद सापकोटा ,कृष्ण बिडारी, इन्दिरा न्यौपाने र सदस्य सचिबमा सागर थापा रहेका छन् ।
बैठकमा पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, युवक संगठनका उपाध्यक्ष दामोदर वाग्ले लगायतको उपस्थिति रहेको बैठकले पार्टीका संस्थापक नेता गोबिन्द रिजालको निधनप्रती शोक ब्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गर्ने निर्णय गरिएको युबा संगठन हेटौंडाका अध्यक्ष भृगु कार्किले जानकारी दिए । फाइल फोटो

बाइलाइन नेपाल











