धादिङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार १७:४५

धादिङमा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।

दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए ।

ग१ख १२८० नम्बरको मिनी ट्रक धादिङको निलकण्ठ नगरपालिका-८ मा दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*