सावित्रा र अनिता आई लिग खेल्न भारत प्रस्थान

बाइलाइन नेपाल
७ माघ २०७६, मंगलवार १५:४१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले यो सिजन पनि भारतको आई लिग खेल्ने भएका छन् । आई लिगका लागि दुवै खेलाडी मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

अघिल्लो सिजन दुवै खेलाडीले भारतको सेथु क्लबबाट आई लिग खेलेका थिए । आई लिगमा सावित्राले पहिलो सिजनमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चा पाएकी थिइन् ।

यो सिजन अनिताले आई लिग सेथु क्लबबाट खेल्नेछन् । सावित्राले भने सेथुलाई छाड्दै गोकुलमबाट नयाँ सिजन खेल्नेछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*