ठगी अभियोगमा नेकपाका नेता पक्राउ

बाइलाइन नेपाल
६ माघ २०७६, सोमबार २०:३७

सत्तारुढ दल नेकपा नेता नाराकाजी श्रेष्ठ र विश्वनाथ साहको नाम बेचेर सर्वसाधारणलाई ठगी गरेको अभियोगमा पर्सा प्रहरीले एकजना नेकपा नेतालाई पक्राउ गरेको छ ।

नेतासँग सम्वन्ध भएकाले प्रहरीको असईमा जागिर लगाइदिने प्रलोभन देखाएर युवालाई ठगी गरेको अभियोगमा नेकपाका प्रदेश २ कमिटीका सदस्य बाबुराम वैठा पक्राउ परेका छन् । उनलाई पर्सा प्रहरीले वीरगन्जबाट नै पक्राउ गरेको हो ।

पीडितले प्रहरीमा किटानी दिएपछि प्रदेश २ का प्रदेश सदस्य वैठा गत कात्तिकबाट फरार थिए । सोमबार बिहान वीरगन्जमा फेला परेपछि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

रौतहटको साविक गाविस पथरा बुधराम हालको मौलापुर नगरपालिका वडा ७ बस्ने प्रदिप कुमार साहले दिएको उजुरीका आधारमा बैठालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक असईमा जागिर लगाइदिने भनी पटक पटक गरी २ लाख नगद र ५ लाख आइएमइबाट गरी कुल ७ लाख बुझेर ठगी गरेको खुलेको छ ।

ठगी प्रकरणमा लिखित उजरी परेपछि सो मुद्दामा अनुसन्धानका लागि बैठालाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक विरेन्द्र शाहीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*