भीमफेदीमा दुर्घटना हुँदा चौहानको ज्यान गयो
हेटौंडा । हेटौंडा–काठमडौं आवतजावत गर्ने छोटो मार्ग अन्र्तगत मकवानपरको भीमफेदी गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
भीमफेदीको भैंसेमा ना प ५९ प ४६१६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा पर्साको पर्सौनी गाविस वडा ८ का ३५ वर्षीय अनिरुद्रप्रसाद चौहानको मृत्यु भएको मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका चौहानको शव हेटौंडा अस्पतालमा ल्यइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा अनियन्त्रित भई दुर्घटना भएको देखिएको कुर्मीले बताए । थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

बाइलाइन नेपाल











