हेटौंडामा ४ सय ५१ जनाको निःशुल्क मोतिविन्दु शल्यक्रिया

बाइलाइन नेपाल
५ माघ २०७६, आईतवार १७:०३

हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नंं १४, भीमफेदी, मनहरी र कैलाश गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन गरिएको छ । स्थानिय निकायको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा शिविर संचालन गरी निःशुल्क आँखा जाँच तथा औषधि वितरण गएिको थियो ।

स्थानीय निकायहरुको सक्रियतामा मकवानपुर जिल्लामा संचाल गरिएको आँखा शिविरमा ८५ जना मोतिविन्दुका बिरामीहरको निःशुल्क शल्यक्रिया गरिएको छ । माघको पहिलो साता संचालित शिविरमा मकवानपुर लगायत बारा, पर्सा र रौतहट जिल्लामा निशुल्क आ“खा शिविर संचालन गरी मोतिविन्दुका विरामीहरु संकलन गरी ४ सय ५१ जनाको निशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

मकवानपुरको नामटार, मयुरधाप, भीमफेदी, हाँडीखोला, मनहारी बाराको दोहरी, निजगढ, प्रष्टोका पर्साको पोखरीया, हरपतगंज रौतहटको पेटभर्वा र सर्लाहीको मियाकोर र भगवानपुरमा निशुल्क आँखा शिविर संचालन गरी २ हजार ९ सय ३६ जनाको आ“खापरीक्षण गरीएकोमा ६ सय ४७ जना मोतिविन्दुका विरामीहरु फेला परेका थिए ।

बेनोलेभेन्स च्यारीटी हल हंगकंगको सहयोगमा संचालित शिरिवरमा हेटौडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली लगायत डा. कल्पना सिंह र डा. होमबहादुर गुरुड्ड एवम् तिलगंगाा आँखा प्रतिष्ठानका डा. बन्दना खनालको टोलिले शल्यक्रिया गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*