प्रहरीको फरार सूचीमा गायिका आस्था राउत

बाइलाइन नेपाल
५ माघ २०७६, आईतवार १६:२८

गायिका आस्था राउतलाई प्रहरीले फरार सूचीमा राखेको छ । राउतविरुद्ध प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारमा मुद्दा दर्ता गराएर पक्राउ पुर्जी लिएसँगै उनलाई फरार सूचीमा रोखको हो ।

पक्राउ पुर्जी लिएपछि सम्पर्कमा नआए प्रहरीले फरार सूचीमा राखेर खोजी कार्य गर्ने गर्छ । सोही कानुनी व्यवस्थाका आधारमा आस्थालाई पनि फरार सूचीमा राखेर खोजी कार्य भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

आस्था हाल सिक्किममा रहेको जनाइएको छ । गत बुधबार त्रिभुवन विमानस्थलहुँदै भद्रपुर जाने क्रममा आस्थाको सुरक्षा चेकजाँच गर्ने महिला प्रहरीसँग विवाद भएको थियो । विवादको विषयलाई लिएर राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेपछि विवाद बाहिर आएको हो । विमानस्थल सुरक्षा जाँचको भिडियोसमेत सार्वजनिक भएको छ ।

अभद्र व्यवहारमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । दोषी ठहर भए एक वर्ष जेल सजाय र १० हजार जरिमाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*