मोटरसाइकल तथा स्कुटरको ट्रायल फेल भएर हैरान त हुनुहुन्न ? अपनाउनुस् यी तरिका

बाइलाइन नेपाल
३ माघ २०७६, शुक्रबार २०:०२

सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । घण्टौं लाइनमा बसेर ट्रायल परीक्षाका लागि फर्म भरेकाहरु सानो गल्तीका कारण ट्रायलमा फेल हुँदै आएका छन् । मोटरसाइकल कुदाउन जानेर मात्रै हुँदैन् यसका लागि साहस, संयम र पर्याप्त होसियारी र प्राविधिक ज्ञान चाहिन्छ ।

ट्रायल पास गर्नका लागि चाहिने न्यूनतम तरिका के के हुन्, कसरी ट्रायल पास गर्न सकिन्छ, त्यसका कित स्टेपहरु छन्, कुन कुन टेक्निकले सजिलै ट्रायल पास गरेर हातमा लाइसेन्स आउँछ भन्ने हरेक सिकारुको चाहना हुन्छ ।

ट्रायलमा सवारी चलाउनु सुरु गर्नुअघि हेल्मेट लगाउने र फित्ता बान्न विर्सनुहुँदैन । त्यस्तै लुकिङ ग्लास मिलेर नमिलेको हेर्ने र साइड लाइट पनि बल्नेर नबल्ने परीक्षण गर्नुपर्छ ।
– ट्रायलमा सबैभन्दा पहिला अंग्रेजी अंकको एटमा प्रवेश गर्दा जतिसक्दो कम स्पिडमा अगाडि बढाउनुपर्छ । एटको बाहिरी घेरालाइ अगाडिको चक्काले च्यापेर विस्तारै संकेत अनुसार अगाडि बढ्नुपर्छ । एट पूरा गरिसकेपछि सोही दिशाबाट आधा राउन्डमा एस बनाएर बाहिर निस्कनुपर्नेहुन्छ । यसरी एटबाट निस्केपछि जेब्राक्रसिङ पुग्नुअगावै ट्राफिक लाइट हेर्न विर्सनु हुदैन ।

– ट्राफिक लाइट पहँलो या रातो बलेको छ भने जेब्राक्रसिङ लाइन नछोइकन रोकर बस्नुपर्छ । त्यस्तै, ग्रिन लाइट बल्दा अगाडि बढ्नुपर्ने हुन्छ ।

– ट्रायलको पहिलो सुरुवात नै एट (8) फिगरबाट हुन्छ । एट (8) फिगरमा छिर्दा तपाईलाई सहज लागेको दाँया, बाँया जताबाट पनि छिर्न पाइन्छ । आफूलाई सजिलो लाग्नेतर्फबाट छिर्नुहोस् ।
– मोटरसाइकल तथा स्कुटर स्र्टाट गरेर एट (8) फिगरभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न र स्र्टाट बन्द गर्नु हुँदैन ।

– एकपटक एट (8) फिगर पूरा गरिसकेपछि पुनः आधा एट (8) गर्नुपर्छ ।

– एट (8) फिगर कटाएपछि अगाडि जेब्राक्रस आउँछ । जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ । रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमलाई नछोई रोक्नुपर्छ ।

-जेब्राक्रसिङबाट अगाडि बढ्पछि साँघुरो फल्याकबाट जानुपर्छ । यो क्रममा फल्याकको मध्यभागमा पुगेपछि बाँया साइडको साइडलाइट बाल्नुपर्छ । त्यसपछि यू टर्नमा विस्तारै बायाँ साइड घुमेर उकालो उक्लिँदा स्टप लेखिएको स्थानमा दुईवटा धर्काइलाइ नछोइकन बीचमा रोक्नुपर्ने हुन्छ ।

– हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ ।
– उकालोमा रोकेर अगाडि बढ्नुभन्दा पहिला साइड लाइट अफ गर्न विर्सनु हुँदैन । त्यसपछि ट्राफिकको इसारा पाएपछि पछाडि नहटाइकन अगाडि बढ्नुपर्छ ।

– उकालोमा दुबै धर्काहरु नछोई स्टप stop लेखेको ठाउँमा रोक्नुपर्छ ।
– ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढ्ने ।
– अगाडि बढ्दा मोटरसाइकल तथा स्कुटर पछाडि सरी पँहेलो धर्का छुनु नुहने ।
– उकालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।
– क्लच र एक्सिलेटरबाट हात नहटाउने, स्र्टाट बन्द नगर्ने ।
– अगाडि बढाउँदा खुट्टा नघिसारी अगाडि बढाउने ।

फेरि अरोलामा अगाडिको एउटा धर्कोलाइ नछोइकन र चक्का नघ्रिस्याइ रोक्नुपर्ने हुन्छ । त्यसपछि फेरि ट्राफिकको इसाराअनुसार उबडखाबडको बाटोबाट अगाडि बढ्नपर्छ । यो क्रममा ह्याण्डललाइ बलियो गरी समाएर थोरै एक्सिलेटर लिँदै पाइपको बाटो पार गर्नुपर्छ । त्यसपछि दुइपांग्रेको स्टार्ट अफ गर्ने या न्युट्रलमा राख्नुपर्छ ।

– ओरालोमा रोक्दा अगाडीको धर्का नछोइ रोक्ने तर stop लेखिएको भागलाई भने छुवाउनु पर्छ ।
– ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढ्ने ।
– ओरालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।
– रोक्दा पडाडिको चक्का नचिप्लिने गरी नियन्त्रित भएर रोक्नुपर्छ ।

– सवारी स्टार्ट गरेदेखि अन्तिममा नरोकसम्म ह्यान्डलबाट दुईवटै हात हटाउनु हुँदैन । यति चरण पूरा गरेपछि सवारीचालक अनुमति पत्र लिन योग्य भइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*