मकवानपुरको लेवटमा ट्रकको ठक्करबाट एकको मृत्यु

बाइलाइन नेपाल
३ माघ २०७६, शुक्रबार १२:०२

हेटौंडा । पूर्वपश्चिमराज अन्र्तगत मकवानपुरको लेवटमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट चितवन रत्नगर घरभई बसामाडीको चाउमिन उद्योगमा काम गर्ने वर्ष ३५ को अम्मर पुन मगर युवकको मृत्यु भएको प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।

घाइतेको उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको उनले बताए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*