इपिएलमा सन्दीपले काठमाडौं किङ्ग्सबाट खेल्ने
एभरेष्ट प्रिमियर लिगको आउँदो सिजन सन्दीप लामिछानेले काठमाडौं किङ्ग्सबाट खेल्ने भएका छन्।
एभरेष्ट प्रिमियर लिगको अफिसियल साइटले ट्वीट गर्दै यसको जानकारी दिएको हो। अहिले सन्दीप अस्ट्रेलियाको फ्रेन्चाइज बिग ब्यास लिग खेलिरहेका छन्। इपिएलले ट्वीटमार्फत सन्दीप लामिछानेलाई बोलाउँदै विनोद दासले टिमलाई ब्यालेन्स गरिरहेको बताएको छ।
यसलाई रिट्वीट गर्दै विनोद दासले पनि सन्दीपलाई ‘वेलकम’ भनेका छन्। केही दिन अघिमात्र काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान समेत रहेका दिपेन्द्रसिंह ऐरीलाई भित्र्याएको थियो। त्यस्तै सुवास खकुरेल, आकाश चन्दलगायतलाई भित्र्याएको थियो।

बाइलाइन नेपाल











