माघे संक्रान्तिमा होटल सुर्यान्सको प्रस्तुतीः गजलसाँझ

बाइलाइन नेपाल
१ माघ २०७६, बुधबार ०८:१६

हेटौंडा। हेटौंडाको टिसिएन रोडमा सञ्चालिनमा आएको होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर पारेर सुर्यान्स गजल साँझ गर्ने भएको छ । पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको सुर्यान्सले माघे संक्रान्तिको अवसरमा ग्राहकलाई गजल साँझ आयोजना गरेर स्वागत गर्ने भएको छ ।

हेटौंडेली गजलकार हिरा क्षेत्री र बाबु क्षेत्रीले गजल गाउने होटलका म्यानेजर नकुल गिरीले जानकारी दिए । माघको १ गते हुने गजल साँझ होटलको रुफटपमा रेष्टुरेन्टमा हुने बताइएको छ । हेटौंडामा पहिलो पटक नयाँ शैलिबाट निर्माण गरिएको रेष्टुरेन्टमा ५५ जना सम्म बस्न सकिने र साँझमा आउँने ग्राहकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको म्यानेजर गिरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*