सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन

बाइलाइन नेपाल
२९ पुष २०७६, मंगलवार ०७:५८

काठमाडौं । सवारी दुर्घटनामा परि गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए ।

दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो । गायक भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो ।

उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर…’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती…’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।

निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्ले उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए । बाह्रखरी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*