मकवानपुरको मनहरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

बाइलाइन नेपाल
२८ पुष २०७६, सोमबार १८:११
This tusker was crossing the road at Corbett turned and looked to us before walking across.

हेटौंडा । घाँसकाट्न जंगल गएकी एक वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–३ मेलडाँडाबाट घाँसकाट्न पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा गएकी ८० वर्षीया वृद्धा मैया थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाँस काट्नका लागि घरबाट ३ किलोमिटर पश्चिम तर्फको जंगलमा गएकी उनको हात्तीको आक्रमणले घटना स्थलमानै मृत्यु भएको बताइएको छ । अनलाइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*