समाज परिवर्तनमा हातेमालो गर्दै खुशी जीवन
हेटौंडा । खुशी जीवन नेपाल संस्थाले समाज परिवर्तनको उद्देश्य लिइ हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय, टोल तथा सडकमा सामाजिक सचेतनामुलक सडक नाटक प्रर्दशन गरिरहेको छ ।
संस्थाले सडक नाटक मार्फत् बालश्रम, बालविवाह,घरेलु हिंसा लैंगिक हिंसा, लागुपदार्थ दुव्यर्सन नियन्त्रण,पानी बचाउ,ट्राफिक नियम पालना गरौं जस्ता विषय बस्तुलाई सर्वसाधारसम्म पुर्याउने गरेको छ । समाजमा रहेका गलत प्रवृत्तीको विरुद्ध सडक नाटक मार्फत् खबरदारी गर्दै जनचेतना फैलाउने काम संस्थाले गर्दै आएको संस्थाका अध्यक्ष महेन्द्र बिश्वकर्मा बताए ।
संस्थाले गरिब, असाहय तथा विपन्न वर्गका विद्यार्थीलाई न्यानो लुगा र स्टेशनरीलगायतका सामाग्री पनि वितरण गर्दै आएको उनले जानकारी दिए । संस्थाको सामाजिक काममा उपाध्यक्ष सुनिता गहतराज,सदस्य संगीता उप्रेती,अनिता धिताल,यमुना धिताल,आरव र्यापर,अन्जान खडकालगातयको टिम रहेको छ ।

बाइलाइन नेपाल











