क्याम्पस समितिले आव्हान गरेको वार्ता विद्यार्थी संगठनद्वारा बहिष्कार

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार २१:१६

हेटौंडा । विद्यार्थीलाई मारमा पर्ने गरी शुल्क वृद्धिको विरोधमा रिले असनमा बसेका विद्यार्थी संगठनलाई क्याम्पस सञ्चालक समितिले वार्तामा बोलाएपनि दुई वटा संगठनले बहिष्कार गरेका छन् ।

वार्तामा क्याम्पस प्रमुख उपस्थित नभएपछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले वार्ता बहिष्कार गरेको हो । वार्तामा बोलाएर सञ्चालक समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख डा. शकर उपाध्याय नआएपछि दुई संगठनले वार्ता बहिष्कार गरेको अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटीले बताए ।

वार्तामा सञ्चालक समितिकातर्फबाट हिरालाल श्रेष्ठ, विष्णुप्रसाद दाहाल, कृष्ण धिताल, राजीव सुवेदी, नवराज विष्ट रहेका थिए । विद्यार्थी संगठनलाई पठाएको पत्रमा वार्ता टोलीमा सञ्चालक समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख डा. शकर उपाध्यायको पनि नाम उल्लेख गरेको तर वार्तामा क्याम्पस प्रशासनका कर्मचारी विष्णु श्रेष्ठलाई पठाएपछि बहिष्कार गरेको शिवकोटीको भनाइ छ ।

वार्तामा स्ववियु र नेविसंघ भने सहभागी भएका छन् । समितिले सुरुमा वार्ताका लागि नारायणी यातायात व्यवसायी संघम बोलएकोमा विद्यार्थी संगठनले नमाने पछि क्याम्पसमै बसेको थियो ।

पुस २२ गतेदेखि विद्यार्थी संगठन रिले अनशनमा छन् । शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने बताइएको छ । समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*