बाजुराको रुगिन केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित
बाजुरामा भूकम्पको धक्का महशुस भएको छ ।
आइतबार साँझ बाजुरा केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
केहीबेर अघि पुनः भूकम्पको धक्का महशुस भएको स्थानीयले जानकारी दिएका छन् । बाजुराको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का बढी महशुस भएको स्थानीयले जानकारी दिएका छन् । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

बाइलाइन नेपाल











