दुई वर्षमा सुरुङमार्ग र हेटौंडामा विमानस्थल बन्छः डोरमणि पौडेल

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार १०:१७

हेटौंडा । राजधानी र नामाकरण टुंगो लगाउन अहिले बसिरहेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षमा सुरुङमार्ग निर्माण हुने बताएका छन् । उनले हेटौंडा राजधानीका लागि सबै हिसाबबाट उपयुक्त र सहज रहेको उल्लेख गर्दै विमानस्थल निर्माणका लागि प्राविधिक अध्ययन गरिरहेको बताए ।

उहाँले उपत्यका भित्र राजधानी नहुने भन्दै सुरक्षा र अन्य हिसाबले पनि हेटौंडा उचित रहेको बताए । उनले हेटौंडा ६ वटा ठूला सडक सञ्जालले जोडिएका आवतजावतमा समस्या नहुने बताए । मुख्यमन्त्री पौडेलले हेटौंडा सुरक्षाका हिसाबले पनि रणनीतिक महत्व राख्ने उल्लेख गरे ।

सहर विस्तारका लागि हेटौंडामा प्रशस्त जग्गा रहेकाले कुनै समस्या नपर्ने उल्लेख गर्दै अब स्थायी मानसिकताबाट काम गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*