प्रदेशसभा बैठकमा पत्रकारलाई रोक
हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणलाई टुंगोमा पुर्याउन बस्न लागेको प्रदेशसभा बैठक कक्षामा आज पत्रकार र दर्शकलाई रोक लगाइएको छ । प्रदेशसभाको कम्पाउन्ड भित्र प्रवेश गर्न दिएपनि बैठक कक्षमा भने स्थान अभाव भएको भन्दै रोक लगाइएको हो ।
मतदान प्रक्रिया जाँदा बैठक कक्षमा रहेको पत्रकार र दर्शक बस्ने स्थान पनि उपयोग गर्नुपर्ने भएकाले भित्र प्रवेश गराउन नसकिएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । उनले बैठक कक्ष पत्रकार र दर्शकलाई प्रत्यक्ष हेर्ने र बस्ने स्थानको व्यवस्था मिलाएको जनाएका छन् ।
बिहान ९ बजे सुरु हुने भनिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

बाइलाइन नेपाल











