बंगुरपालक कृषक समूहको चौथो वार्षिक साधारणसभा

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार १९:२६

हेटौंडा । स्वरोजगार बंगुर पालक कृषक समूहको चौथो वार्षिक साधारणसभा शनिवार हेटौंडामा भएको छ । समूहका अध्यक्ष देवेन्द्र राईको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौंडा–११ का वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा बोल्दै अध्यक्ष पराजुलीले स्वरोजगार बंगुर पालक कृषक समूहलाई बंगुर पालन व्यवसायमा स्तरउन्नती गर्न आग्रह गर्दै त्यसमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले बंगुर पालक कृषक समूहलाई दाना उत्पादन गर्नका लागि २ लाख रुपियाँ अनुदान दिएको बताए । हेटौंडा–११ सिमलटार पारीको राप्तिखोला बगरमा बंगुर पालक कृषक समूहलाई स्थानान्तरण गर्दै व्यवस्थित गरिने अध्यक्ष पराजुलीले योजना सुनाए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका पशु प्राविधिक विक्रम चाम्लिङ, सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर, शंकर ज्योति निम्न माध्यमिक विद्यालयका अध्यक्ष भरत बहादुर दर्लामी मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*