सहिद स्मृति प्रतिष्ठानमकवानपुरको अध्यक्षमा थापा
हेटौंडा । सहिद स्मृति प्रतिष्ठान मकवानपुरको जिल्ला समिति बिस्तार एवं सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा युद्धबहादुर थापा , उपाध्यक्ष अरुणा सिंह , सचिब गंगा आत्रेय पुरुष , कोषाध्यक्ष गोपी दाहाल , सदस्य प्रबीन मैनाली , राम घिमिरे , राम महर्जन , दीपेन्द्र बानियाँ , बिमला थिंङ , कर्णबहादुर स्याङतान , मोहन ढकाल , कुमार पोखरेल र कल्पना बिक रहेका छन् । समितको सल्लाहकारमा भीमसेन महत , बिजयराज राजभण्डारी , श्याम प्रसाद सुबेदी रहेका छन् ।
नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता एवम जिल्ला सभापति र्इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशेष अतिथि खिलनाथ दाहाल , केन्द्रीय अध्यक्ष सहिद स्मृति प्रतिष्ठान , संसदीय दलको सचेतक राधा घले , सांसद भीमसेन बिष्ट , पार्टी जिल्ला उपसभापति बिष्णु प्रसाद लामिछाने , प्रमुख सलाहकार माइकल राम चन्द्र अर्याल,जिल्ला कोषाध्य गोपीलाल बिकलगायतको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











