पुस २८ गते गाउँपालिकामा सार्वजनिक विदा
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले पुस २८ गते सार्वजनिक बिदा दिएको छ । देशमै पहिलोपटक मनहरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष एकराज उप्रेतीले बताए ।
उक्त दिन मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्बन गरेको घोषणा गरिदै छ । कार्यक्रम मनहरी गाउँपालिका–७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको चौरमा हुने भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल रहेका छन् । गाउँपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरु पुरा गरिसकेको दाबी गरेको छ ।

बाइलाइन नेपाल











