प्रदेशसभा बैठक आधाघण्टाका लागि स्थगित
हेटौंडा । प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठकमा आज अहिले प्रदेश ३ को स्थायी राजधानीका लागि प्रदेशसभामा पेश भएका प्रस्ताव माथि छलफल भइरहेको छ ।
छलफलमा हालसम्म सांसद प्रेमबहादुर तामाङ सुरेन्द्रलाला गोसाई, शोभ शाक्य र विराजभक्त श्रेष्ठले बोलिसकेका छन् ।
बैठकमा आजै नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तकोतर्फबाट प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा हुनुपर्ने प्रस्ताव पेश गरेको छ । नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव पेश गरेका थिए ।
उनले पेश गरेको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तीकी रिना गुरुङ
यसैगरी, विवेकशिल साझा पार्टीले काभ्रेको घुलिखेल राजधानी हुनुपर्ने प्रस्ताव पेश गरेको छ । विवेकशिल साझा पार्टीका रमेश पौडेलले बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रस्तावको समर्थन शोभा शाक्य र विराजभक्त श्रेष्ठ रहेका छन् ।

बाइलाइन नेपाल











