उद्योग संघ मकवानपुरमा लेखराज पोखरेल नेतृत्व
हेटौंडा । उद्योगसंघ मकवानपुरले शुक्रबारबाट नयाँ नेतृत्व पाएको छ । उद्योगसंघको १८ औं साधारण सभाले लेखराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा स्वागतराज प्याकुरेल, उपाध्यक्षमा बद्रीनाथ शर्मा, महासचिवमा बासु कार्की, सचिवमा शिवहरि आचार्य, कोषाध्यक्षमा किशोर अर्याल, सहकोषाध्यक्षमा श्याम ढकाल चयन भएका छन् ।
। सदस्यहरुमा सविता पौडेल, रमन खनाल, हरिहर अर्याल, शरदचन्द्र भटराई, डावरमणि थेवे लिम्वु, शिरोमणि प्याकुरेल, शुयष पराजुली, बुद्धराज अर्याल र श्रीजन कोइराला चयन भएका छन् । ।

बाइलाइन नेपाल











