आजको मौसमः पानी पर्ने, हिमपात हुने

बाइलाइन नेपाल
२२ पुष २०७६, मंगलवार ०८:०८

आज मङ्गलबार पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने छ । उनका अनुसार आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाण्डौसहित मध्य र पूर्वमा पनि पानी पर्ने मौसमविद् कँडेलको भनाइ छ ।

यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने उनले बताइन् । चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र झोलिलो पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*