यस्ता छन् हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक गरेको गौरवका योजनाहरु

बाइलाइन नेपाल
२० पुष २०७६, आईतवार १६:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आज गौरवका योजनाहरु सार्वजनिक गरेको छ । आज उपमहानगरपालिकाको बोर्ड बैठकले पारित गरेपछि पत्रकार सम्मेलन गरेर गौरवका आयोजनाहरु सार्वजनिक गरेको हो ।

आयोजनाहरु हेउमनपाले आफ्नै लगानी, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा निर्माण गर्ने मेयर हरिबहादुर महतले जनाकारी दिए । सार्वजनिक गरेको आयोजनाहरुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान टिसिएनको १० बिगाहा जग्गामा, एकीकृत वस्ती विकास, कृषि सुपर मार्केट, अटो भिलेज, अन्तर्राष्ट्रिय सभा हल, अपांगता पुर्नस्थापना केन्द्र, सेफ हाउस, प्रदेश यातायात निगम, प्रदेश पूर्वाधार निर्माण कम्पनी, राष्ट्रिय परीक्षा बोर्ड निर्माण रहेको छ ।

यसैगरी, हेउमनपाले सार्वजनिक गरेको योजनामा इन्जिनियरिङ प्रयोगशाला, बासुदेव स्मृति कमर्सियल भ्यूटावर, एकीकृत चार्जिङ स्टेशन, घरेलु तथा औद्योगिक सामाग्री घर, पर्यटन सूचना केन्द्र, प्रदेश मन्त्रालय, प्रदेशसभा भवनलगायतका कार्यालय, बस पार्क र सामुदायिक आँखा अस्पताल निर्माण रहेको छ ।

आयोजनाका बारेमा जानकारी दिंदै मेयर महतले कतिपय योजना तत्काल हेउमनपाले सुरु गर्ने तयारी गरेको बताए । योजनामा भौतिक निर्माण देखि जग्गा दिनेसम्म रहेका छन् । पत्रकार सम्मेलनमा उपमेयर मिना लामा, कार्यकारी अधिकृत, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*