हेटौंडा जेसीजमा मतदान सुरु

बाइलाइन नेपाल
१९ पुष २०७६, शनिबार १४:५५

हेटौंडा । हेटौंडा जेसीजको वर्ष २०२० का लागि नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । अध्यक्षमा दिपेश जोशी र राजदेव बानियाँ उम्मेदवार रहेका छन् । अन्तिमसम्म सहमतिको प्रयास भएपनि सफल हुन नसकेपछि अध्यक्षका लागि जोशी र बानियाँ भिड्न लागेका हुन् । मतदान ५ बजेसम्म हुने जनाइएको छ ।

निर्वाचन समितिले निकालेको अन्तिम नामावलीमा अध्यक्ष पदका लागि जोशी र बानियाँको नाम रहेको छ । एकसय ५३ जना सदस्य रहेको जेसीजमा कसले जित्छ भन्ने यकिन गर्न सक्ने अवस्था नरहेको बताइन्छ । जोशी वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष हुन भने बानियाँ वर्ष २०१९ मा पनि अध्यक्षमा पराजित भएका थिए । सदस्यहरु दुवै उम्मेदवारमा विभाजित भएका छन् ।

यसैगरी, दुई जना कार्यकारिणी उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा पुष्पराज पुडासैनी, गंगा पौडेल, श्रवणकुमार बर्तौला, पवन कशंकार र साजन सुवेदी रहेका छन् ।

चार जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा सुदिप तिमल्सिना, विकेशलाल श्रेष्ठ, प्रलय राई, विवेक आन्नद न्यौपाने र डेनियल न्यौपाने रहेको निर्वाचन आयुक्त रवि नेपालले जारी गरेको अन्तिम उम्मेदवारको नामावलीमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*