हेटौंडा जेसीजको अध्यक्षमा दिपेश जोशी र राजदेव बानियाँबिच भिड्न्त
हेटौंडा । हेटौंडा जेसीजको वर्ष २०२० का लागि दिपेश जोशी र राजदेव बानियाँ बीच प्रतिष्प्रर्धा हुने भएको छ । अन्तिमसम्म सहमतिको प्रयास भएपनि सफल हुन नसकेपछि अध्यक्षका लागि जोशी र बानियाँ भिड्न लागेका हुन् ।
निर्वाचन समितिले निकालेको अन्तिम नामावलीमा अध्यक्ष पदका लागि जोशी र बानियाँको नाम रहेको छ । एकसय ५३ जना सदस्य रहेको जेसीजमा कसले जित्छ भन्ने यकिन गर्न सक्ने अवस्था नरहेको बताइन्छ । जोशी वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष हुन भने बानियाँ वर्ष २०१९ मा पनि अध्यक्षमा पराजित भएका थिए । सदस्यहरु दुवै उम्मेदवारमा विभाजित भएका छन् ।
यसैगरी, दुई जना कार्यकारिणी उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा पुष्पराज पुडासैनी, गंगा पौडेल, श्रवणकुमार बर्तौला, पवन कशंकार र साजन सुवेदी रहेका छन् ।
चार जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा सुदिप तिमल्सिना, विकेशलाल श्रेष्ठ, प्रलय राई, विवेक आन्नद न्यौपाने र डेनियल न्यौपाने रहेको निर्वाचन आयुक्त रवि नेपालले जारी गरेको अन्तिम उम्मेदवारको नामावलीमा रहेको छ ।
एक अध्यक्ष, दुई कार्यकारिणी उपाध्यक्ष र चार उपाध्यक्षका लागि आज दिउँसो १ः४५ बजेबाट मतदान सुरु हुने निर्वचन आयुक्त नेपालले जानकारी दिए ।

बाइलाइन नेपाल











