कांग्रेस संसदीय दलको बैठक काठमाडौंमा सुरु

बाइलाइन नेपाल
१८ पुष २०७६, शुक्रबार १६:०९

हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठक काठमाडौंमा रहेको दलको सम्पर्क कार्यालयमा सुरु भएको छ । संसदीय दलका नेता इन्द्र बानियाँको अध्यक्षतामा बैठक बसेको छ । बैठकले प्रदेश ३ को स्थायी राजधानी र नामाकरणमा दलको आफ्नो धारणा तय गर्नेछ ।

दुई वर्षदेखि प्रदेश ३ को स्थायी राजधानी र नाम टुंगो लाग्न सकेको थिएन् । केही दिन अघि नेकपाको सचिवालयले राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेपछि चर्चाको विषय बनेको छ । नेकपा संसदीय दलको बैठक हेटौंडामा बसिरहेको छ । दुवै संसदीय दलको ऐजेण्डा स्थायी राजधानी र नाम रहेका छन् ।

प्रदेश सरकारले यही पुस २१ गतेलाई प्रदेशसभा बैठकको आव्हानका लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको छ । पुस २२ गतेसम्ममा राजधानी र नामको विषयले प्रदेशसभाबाट टुंगो पाउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*