मुख्मन्त्री पौडेलले भने–प्रदेश सभाबाट स्थायी राजधानीमा हेटौंडालाई बहुमतले पारित गर्नुपर्छ

नेकपा प्रदेश ३ को संसदीय दलको बैठक सुरु
बाइलाइन नेपाल
१८ पुष २०७६, शुक्रबार १५:३४

हेटौंडा । नेकपा प्रदेश ३ को संसदीय दलको बैठक हेटौंडामा सुरु भएको छ । प्रदेशको राजधानी र नामको विषयलाई लिएर दलको बैठक बस्न थालेको छ । भर्खरै सुरु भएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले ऐजेण्डाका बारेमा जानकारी गराएका छन् ।

बैठकमा ऐजेण्डाका बारेमा जानकारी दिंदै मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णय अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले दुई वर्ष देखि चर्चामै सिमित भएको विषयलाई यही पुस २२ गतेसम्ममा सर्वसहमत रुपमा पारित गर्नुपर्ने उल्लेख गरे ।

नेकपाका सबै सांसदलाई उनले सचिवालयको निर्णयलाई एकमतले पारित गरेर राजधानी र नामको टुंगो लगाउँदै स्थायी मानसिकताबाट कामको सुरु गर्नुपर्ने बताए । आज र भोली सम्मका लागि भनेर बैठक डाकिएको छ । बैठक २ बजे बस्ने भनिएपनि ३ बजे मात्र सुरु भएको हो ।

बैठकमा नेकपा प्रदेश कमिटीका पदाधिकारीको पनि सहभागिता रहेको छ । प्रदेशसभा सदस्य समेत रहकी प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह इन्चार्ज हितबहादुर तामाङ र हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाललगायतकाको सहभागिता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*