चितवन छाड्न दिएको १२ घन्टे निर्देशन टेरेनन् एसपी मल्लले

बाइलाइन नेपाल
१८ पुष २०७६, शुक्रबार ०९:१४

चितवन छाड्न प्रदेश प्रहरीले दिएको १२ घन्टे निर्देशन पनि एसपी दानबहादुर मल्लले उल्लंघन गरेका छन् ।

बिहीबार ३ नम्बर प्रदेश प्रहरीले मल्ललाई पत्र लेखेर १२ घन्टाभित्र चितवन छाडेर आफूलाई सरुवा गरिएको स्थानमा जान निर्देशन दिएको थियो ।
मल्लले सरुवाबारे आफूले केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।

सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी मल्ललाई १२ घन्टाभित्र सरुवा भएको कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको हो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । उनको स्थानमा एसपी गंगा पन्तलाई पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*