कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु
बाइलाइन नेपाल१७ पुष २०७६, बिहीबार १४:५८
बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् ।
प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । घाइतेको उपचार भइरहेको जनाइएको छ । अनलाइनखबरबाट













