जेसीजको कार्यकारिणी उपाध्यक्षमा गंगाप्रसाद पौडेलको उम्मेदवारी घोषणा

बाइलाइन नेपाल
१७ पुष २०७६, बिहीबार १४:३१

हेटौंडा। हेटौंडा जेसीजको वर्ष २०२० का लागि कार्यकारिणी उपाध्यक्षमा गंगाप्रसाद पौडेलले उम्मेदवारी घोषण गरेका छन् । लामो मियदेखि जेसीजमा रहेका पौडेलले कुनै पनि गुट तथा समूहमा आवद्द नभइ स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनाएका छन् ।

विगत नौ वर्षदेखि जेसीज अभियानमा आबद्द भएका पौडेलले जेसीजमा गुटगत राजनीति भइरहेकाले त्यस्ता खराब अभ्यास विरुद्द आफ्नो उम्मेद्वारी रहेको पौडेलले बताए । ‘ जेसीजले युवाहरुलाई सही मार्गमा लैजानुपर्छ । तर अहिले जेसिजमा यसको उल्टो अभ्यास भइरहेको छ ।’ उम्मेदवारी घोषणा गरेका पौडेलले भने,‘हेटौंडा जेसीजको संस्थागत विकासका लागि मेरो उम्मेद्वारी हो । ’

अहिले जेसीजको छवि धमिलिदै गएकाले यसलाई सुधार्न तथा युवालाई सही नेतृत्व विकास गराउँनका लागि आफूले उम्मेद्वारी दिने तयारी गरेको उनको भनाई छ ।
हेटौँडा जेसीजमा निकै लामो समयबाट सक्रिय रहेका पौडेलले जेसीजलाई थप क्रियाशिल बनाउनको लागि आफूले कार्यकारी उपाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

पौडेलले जेसिजमा सन् २०१४ मा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् भने २०१७ मा पब्लिक रिलेशन अफिसरका रुपमा आफ्नो दायित्व निर्वाह गरेका छन् । जेसीज अभियानलाई लामो समय नियालिरहेका पौडेलले अहिले जेसिजभित्रका विकृति अन्त्य हुनु आवश्यक ठानेर कार्यकारिणी उपाध्यक्षमा घोषणा गरेको बताए ।

कार्यकारिणी उपाध्यक्षमा यसअघि पुष्पराज पुडासैनीले उम्मेदवारी घोषणा गरिसकेका छन् । युवा व्यवसायी पुडासैनी हेटौंडा जेसीजका वर्तमान कोषाध्यक्ष हुन् ।
यही पुष १८ र १९ गते हेटौंडा जेसीजको अधिवेशन हुँदैछ । नजिकँदो अधिवेशनसंगै उम्मेवारी घोषणा भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*