कास्मिरमा सैनिक भिडन्तमा मर्ने जवान गोरखाका अर्जुन थापामगर

बाइलाइन नेपाल
१७ पुष २०७६, बिहीबार ०९:५८

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ।

मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ।

बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ।

सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए।

पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा आतंकवादी छिर्न थालेको भन्दै खोजीतलासीको अपरेसन सुरू गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*