सुर्खेतमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

बाइलाइन नेपाल
१६ पुष २०७६, बुधबार २०:१६

सुर्खेतमा प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए ।

प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ । यद्यपि, घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सुर्खेत पश्चिमका केही क्षेत्र विप्लव समूहको पकट मानिन्छ । पश्चिम सुर्खेत विप्लवका नेता धर्मेन्द्र वास्तोलाको क्षेत्रसमेत हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*