३० देशलाई निम्तो, ३ देशका पर्यटनमन्त्री मात्र नेपालमा

बाइलाइन नेपाल
१६ पुष २०७६, बुधबार १८:२३

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को बुधबार भएको उद्घाटन कार्यक्रममा सहभागी हुन ३ देशका पर्यटनमन्त्री काठमाडौं आइपुगेका छन् । चीन र भारतबाट पर्यटन राज्यमन्त्री आएका छन् । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए।

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन आइल्याण्ड मुलुक जमैकाका पर्यटन मन्त्री एडमुन्ड बार्टलेट् काठमाडौं आइपुगेका हुन् । त्यसैगरी म्यानमारका पर्यटनमन्त्री ओन मउङ पनि काठमाडौं आएका छन् ।

कार्यक्रममा सहभागी हुन भारतीय पर्यटन राज्यमन्त्री प्रहलाद सिंह पटेल र चीनका पर्यटन राज्यमन्त्री वङ सियाओफेङ नेपाल आएका छन् । नेपालले ३० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई निम्तो दिए पनि तीन देशका पर्यटन मन्त्री र दुई देशबाट राज्यमन्त्री आएका छन् ।

आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा भ्रमण वर्षको उद्घाटन गरेका छन् भने सातै वटा प्रदेशमा पनि उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन सत्रमा काठमाडौं तीन हजार झाँकी निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*