प्रदेश ३ को तातोपानी नाकामा चिनियाँ पर्यटकलाई भव्य स्वागत
सिन्धुपाल्चोक । भ्रमण वर्षको सुरुको दिन तातोपानी नाकामा चिनियाँ पर्यटकलाई नेपाली परम्पराअनुसार स्वागत गर्दै सीमा प्रवेश गराइएको छ । प्रदेश सरकारले भ्रमण वर्षको पहिलो दिन ( जनवरी फस्ट) मा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने घोषणा गरेका थिए ।
सोही कार्यतालिका अनुास र बिहान १० बजेर २५ मिनेटमा नाकानिर आइपुगेका चिनियाँलाई जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङलगायतका नेपाली प्रतिनिधिले स्वागत गरेको हो ।
नेपाली पञ्चेबाजा, नेवारी, शेर्पा र तामाङ संस्कारको बाजा र नाचले पर्यटकलाई मनोरञ्जन गराइएको थियो । लिपिङ, तातोपानीका जनताले स्वागत कार्यक्रम गर्दै नाका सुचारु ढंगले सञ्चालन र भ्रमण वर्षमा बढी पर्यटक आगमनको अपेक्षा गरेको होटल व्यवसायी विष्णु श्रेष्ठले बताए ।
भोटेकोसी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पालिका उपाध्यक्ष दाबुटी शेर्पा लामाले पर्यटकलाई स्वागत गरेकी थिइन् ।

बाइलाइन नेपाल











