इस्वी संवतलाई प्रशासनिक क्यालेन्डर बनाऔं: बाबुराम भट्टराई

बाइलाइन नेपाल
१६ पुष २०७६, बुधबार १७:१८

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले इस्वी संवतलाई प्रशासनिक क्यालेन्डर बनाउन आग्रह गरेका छन्।

नयाँ वर्ष सन् २०२० सुरू दिन बुधबार ट्वीट गर्दै भट्टराईले समृद्धि, विदेशी लगानी, पर्यटन वर्षलगायतलाई सजिलो बनाउन पनि प्रशासनिक र आर्थिक क्यालेन्डर इस्वी संवत् बनाउनुपर्ने तर्क उनको छ।

‘नेपालमै जन्मेको ‘नेपाल संवत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम संवत्’लाई साँस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी संवत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!,’ यसो गरे कसो होला भन्दै भट्टराईले ट्वीट गरेका छन्, ‘नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष इ.सम्धीका गफ मात्रै होलान् है!’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*