एडिलेडमा नेपाली टोपी दिवस मनाइँदै

बाइलाइन नेपाल
१५ पुष २०७६, मंगलवार ०९:५६

अष्ट्रेलिया प्रवासी नेपाली एकता मञ्च, साउथ अष्ट्रेलियाले नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गर्ने उद्देश्यले एडिलेडमा जनवरी १ मा नेपाली टोपी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली टोपी दिवस कार्यक्रमका संयोजक बालगोपाल उपाध्यायका अनुसार प्रवासमा रहेका नेपालीहरुले नेपाली एकता, सद्भाव र सहयोगको पर्यायका रुपमा अनन्तकालदेखि शिरको शिखरका रुपमा परिचित नेपाली टोपीलाई संसारभर चिनाउने एवं नेपाल बाहिर हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने अभियानलाई अघि बढाउन विगत वर्षहरु झै यस वर्ष पनि नेपाली टोपी दिवस २०२० मनाऊने कार्यक्रम आयोजना गर्न लागिएको हो।

साथै, नेपाली पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि मनाऊन थालिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुरुवात गरी एक नेपालीले एक विदेशी नेपाल पठाऔं भन्ने मुल मर्मलाई आत्मसात गर्दै संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्ने मुख्य उद्देश्य रहेको प्रवासी नेपाली एकता मन्चका कृष्ण भट्टराईले बताए ।

आयोजक समितिका अनुसार कार्यक्रममा नेपालीपन झल्काउने विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन् । त्यसै गरि मनोरञ्जनात्मक खेलहरु पनि खेलाईने भएको छ । कार्यक्रमको आकर्षण पञ्चेवाजा समूह एडिलेडको प्रस्तुति पनि रहेको छ ।

प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय नेता कपिल पाण्डेले टोपी दिवस मार्फत नेपाली समुदायलाइ आफ्ना गैरनेपाली साथीहरूलाई नेपाल भ्रमण वर्षको बारे विशेष रुपमा जानकारी दिन अनुरोध गर्ने बताउए ।

प्रवासी नेपाली एकता मन्च, साउथ अस्ट्रेलियाका अध्यक्ष हेम खनालले यसपालिको नेपाली टोपी दिवस कार्यक्रम सभ्य एवम् भव्य रूपले सफल पार्न सम्पूर्ण एडिलेडबासीहरूलाई आव्हान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*