मुख्यमन्त्री पौडेललाई अपशब्द बोल्ने पक्राउ

बाइलाइन नेपाल
१४ पुष २०७६, सोमबार २०:५१

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा छन् ।

नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनले भने, ‘सोधपुछका लागि ल्याएका हौं । मुद्दा चल्ने नचल्ने वा के गर्ने भन्ने विषय मंगलबार मात्र टुंगिन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*