हेटौंडा जेसीजको उपाध्यक्षमा विकेशलाल श्रेष्ठ उठ्ने
हेटौंडा। हेटौंडा जेसीजको वर्ष २०२० को उपाध्यक्ष पदका लागि विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सेवा, राजनीति र व्यवसायमा एकसाथ लागेका श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
हाल हेटौंडा जेसीजको खेलकुद संयोजक रहेका श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए । ‘युवाहरुसँग सम्बन्धको विकास गर्दै नेतृत्व र व्यक्तित्व संगै सामाजिक कार्यका लागि जेसीजमा लागेको हुँ’, श्रेष्ठले भने, ‘यस वर्ष उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहनेछ । सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत लिएको छु ।’
उनले युवाहरुमा जेसीज मार्फत सकारात्मक सोचको विकास र समाज परिवर्तनको योजना रहेको सुनाए । सामाजिक विकृति विरुद्ध खरो रुपमा आफूलाई प्रस्तुत गर्ने श्रेष्ठ नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दल मकवानपुरका नेता समेत हुन् । सन् २०१८ मा जेसीजमा लागेका उनले सबैलाई समेटेर युवाहरुको हकहितमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बाइलाइन नेपाल











