म्यानेजमेन्टमा विद्यार्थीले बनाएका विज्ञानका उपकरण प्रदर्शन
हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शुक्रबार विज्ञान प्रदर्शनी भएको छ । विज्ञान संकायका कक्षा ११ र १२ विद्यार्थीहरुद्वारा निर्मित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए ।
म्यानेजमेन्टका विद्यार्थी, नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालय तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शनी अवलोकन गरेका थिए । यो विज्ञान प्रदर्शनी पहिलो पटक आयोजना गरेका हो ।
विज्ञान संकायका संयोजक भोला गौतमले भने –‘सैद्धान्तिक रुपमा विद्यार्थीहरुले सिकेका कुरालाई व्यवहारीक रुपमा उतार्नको लागि प्रदर्शनी प्लेट फर्म हो।’ आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशिलतालाई अझै प्रोत्साहन गर्ने उनले बताए ।
प्रदर्शनी स्थलमा ११ वटा विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरु रहेका थिए ।

बाइलाइन नेपाल











