प्रेस संगठन मकवानपुरले पायो पूर्णता
हेटौंडा । प्रेस संगठन मकवानपुरले पूर्णता पाएको छ । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मकवानपुर विधिवत रुपमा एक भएसंगै प्रेस संगठन मकवानपुरले पूर्णता प्राप्त गरेको हो । दुवै संगठनमा रहेकाहरुलाई संगठनको कार्यसमितिमा राखिएको प्रेस संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले बताए ।
यही पुस १२ गते शनिवार प्रदेश ३ का प्रेस संगठनका जिल्ला संयोजक र सहसंयोजकको सपथ कार्यक्रम काठमाण्डौमा हुने र त्यसपछि जिल्ला कार्यसमितिको पनि सपथ हुने दाहालले जानकारी दिए प्रेस संगठन मकवानपुरमा जिम्मेवारी प्राप्त गरेकाहरुको नामावली यसप्रकार रहेको छ ।


बाइलाइन नेपाल











