श्रीमान्‌को कुटाइले श्रीमतीको मृत्यु

बाइलाइन नेपाल
१० पुष २०७६, बिहीबार १८:२७

सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमान्‌को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ।

मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो।

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए। प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*