‘प्रदर्शनमा पत्रकारमाथि प्रहरीको दमम, रिपोर्टिङबाट रोक्न आँखामा खुर्सानीको धुलो’

बाइलाइन नेपाल
१० पुष २०७६, बिहीबार १७:४१
फाइल तस्वीर

हङकङमा जारी प्रदर्शनका क्रममा प्रहरीले पत्रकारलाई निशाना बनाएको हङकङ पत्रकार संघले जनाएको छ । बुधबार क्रिसमसका दिन भएको आन्दोलनको रिपोर्टिङका लागि गएका पत्रकारमाथि दुर्व्यवहार गरेको, शारीरिक रुपमा आक्रमण गरेको र प्रेस स्वतन्त्रतालाई अवमूल्यन गरेको संघको आरोप छ ।

प्रहरी अधिकारीहरुले मंगलबार क्रिसमस इभमा मोङकङमा भएको प्रदर्शनका क्रममा पनि पत्रकारलाई लात हानेको, पत्रकारको आँखामा उच्च प्रकाश भएको लाइट लगाएको र क्‍यामेरा तोडफोडसमेत गरेको संघले जारी गरेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

प्रहरी अधिकारीहरुले पत्रकारलाई ‘कक्रोच’ को संज्ञा दिँदै गैरकानुनी रुपमा जम्मा भएको आरोपमा पक्राउ गर्ने धम्की दिएका थिए । प्रहरीले पत्रकारमाथि दुई सेल अश्रुँ ग्यास प्रहार गरेको समेत जनाइएको छ ।

बुधबार क्रिसमसको दिन लाङगम मलमा जारी प्रदर्शनको कभरेजबाट वञ्‍चित गर्न पत्रकारमाथि खुर्सानीको धुलो प्रहार गरेको संघको आरोप छ । संघले भनेको छ, ” राज्यको चौथो अंग भएकोले पत्रकारको धर्म झडप भएका स्थानको रिपोर्टिङ गर्ने र जनतामाझ सार्वजनिक गर्ने हो । तर, प्रहरी प्रशासनले पत्रकारलाई बन्देज गर्ने किसिमले दुर्व्यवहार गरेको छ ।”

गत महिना पत्रकार र प्रहरीबीच भएको वार्ताका क्रममा पत्रकारमाथि दुर्व्यवहार नगर्ने सहमति भएको भए पनि प्रहरीले पत्रकारमाथिको ज्यादती भने छोडेको छैन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*