राक्सिराङ गाउँपालिकामा आज सार्वजनिक बिदा
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकामा बहुसंख्यक ईसाई धर्मालम्बीहरुको बसोबास रहेकोले आज पुस ९ गते बिदा दिने कार्यपालिका वैठकले निर्णय गरेको जनाएका छन् ।
राक्सिराङ गाउँ कार्यपालिकाको मंसिर ७ गते बसेको वैठकले क्रिसमसको अवसरमा भोली ९ गते सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।


बाइलाइन नेपाल











